प्रकृतिका बुवा भन्छन्–छोरीमाथि ‘ह्यारेसमेन्ट’ भएको रहेछ,  हामीलाई न्याय चाहिएको छ


२०८१ फाल्गुण ६ मंगलबार ००:५० बजे

काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा मृत्यु भएकी प्रकृति लम्सालका बुवा सुनिलले आफूहरुलाई न्याय चाहिएको बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै उनले आफूहरूले यस घटनापछि न्याय मात्रै खोजेको बताएका हुन्। ‘तपाईंको माग के हो ?’ भन्ने पत्रकारको प्रश्नमा लम्साल भन्छन्, ‘हाम्रो डिमान्ड जस्टिस हो, जस्टिस मात्रै !’ आफूसँग कलेज र प्रहरी प्रशासनले समन्वय गरिरहेको पनि बताएका छन् । उनले आफूलाई घटनाबारे अर्का छोराले जानकारी गराएको पनि बताएका छन् ।

‘युनिभर्सिटीसँग हिजो कुरा भएको थियो । उनीहरूले आधिकारिक रूपमा केही भनेनन् । तर समन्वय गरिरहेका छन् । यहाँको प्रशासन र कलेजले पनि समन्वय गरिरहेको छ । भाइ पनि यहीँ पढ्थ्यो, उनैले फोन गरेर तुरून्त आउनुप¥यो भनेका थिए । त्यसपछि हामी आएका हौं,’ उनले भने ।

त्यस्तै अनुसन्धानका लागि प्रहरीले प्रकृतिको मोबाइल, डायरी, ल्यापटप लगेर फरेन्सिक जाँच गराएको र अहिले पोष्टमर्टम भइरहेको पनि उनले बताए । ‘हामीसँग यति मात्रै सूचना छ कि दुव्र्यवहार र इमोशनल ब्ल्याकमेलिङ गरेकाले उसले आत्महत्या गरेकी हुन् । हामीलाई यति मात्रै थाहा छ, अन्य कुरा केही पनि थाहा छैन,’ उनले भने, ‘एक जनालाई पक्राउ गरेको छ । अहिलेसम्म उसकै कारणले भएको भनिएको छ, अनुसन्धान भइरहेको छ ।’

उक्त घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई फिर्ता जान भनेको विषयमा पनि आफूले थाहा पाएको र त्यसो गर्नु उचित नहुने पनि उनले बताए । सोही कलेजमा अध्ययन गर्ने प्रकृतिका दाइ पर्ने सिद्धान्त सिग्देलले घटनापछि उनलाई फोन गरेका थिए । खबर पाउनासाथ आफू तुरुन्तै हिँडेको लम्सालले बताए । ‘उसको दाइ पनि यहीं पढ्छ । उसले फोन गरेर छिटो आउनुस् भन्यो । डेथ भएको भनेर चाहिँ भनेन । आउनुस् मात्र भन्यो । हामी निस्किहाल्यौं । अस्ति साँझ ५ बजे चाहिँ मृत्यु भइसकेको भनेर थाहा भयो ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७