अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

नेपाल र म्यानमार एक खेल अघि नै फाइनलमा


२०८१ फाल्गुण ८ बिहीबार ०१:११ बजे

काठमाडौं । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन् ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । लेबनानलाई १–० गोल अन्तरले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो । जितसँगै नेपाल चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

नेपालका लागि सावित्रा भण्डारी (साम्भा) ले खेलको ४२औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तान विरुद्ध पनि १–० कै साँघुरो जित निकालेको थियो । पहिलो खेलमा नेपालले फिनिसिङमा धेरै गल्ती गरेपछि साँघुरो जितमा चित्त बुझाउनु परेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७