गाडी दुर्घटनामा परी मलेसियामा नेपाली सुरक्षागार्डको मृत्यु


२०८१ फाल्गुण ८ बिहीबार ०१:०१ बजे

काठमाडौ । मलेसियामा सडक दुर्घटनामा परी एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । सडक दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका–६ का ४२ वर्षीय सञ्जीवकुमार श्रेष्ठको ज्यान गएको हो । 

मलेसियाको जोहरबहरूको सेनाइमा बुधबार बाटो काट्ने क्रममा दुर्घटनामा परेर उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।  ड्युटी सकेर कोठा फर्किने क्रममा श्रेष्ठ दुर्घटनामा परेका थिए । सन् २०१७ मा वीरा सेक्युरिटि सर्भिस कम्पनीमा काम गर्न पुगेका उनी त्यहाँबाट फर्किएर फेरि अर्को कम्पनीमा गएका थिए ।

श्रेष्ठ सन् २०२३ मार्चमा नुर अपरच्युनिटी ओभरसिज म्यानपावर कम्पनीबाट ब्ल्याकगोल्ड सेक्युरिटी कम्पनीमा काम गर्न गएका थिए । गएको दुई वर्ष पुग्न लाग्दा उनको दुर्घटनामा ज्यान गुमाएका हुन् । उनको शव नेपाल झिकाइ दिन बुधबार नेपाली राजदूतावास मलेसियासँग परिवारले आग्रह गरेका छन् ।  वडा कार्यालयले दूतावासमा पत्राचार गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७