आठ दिनका लागि अन्तरिक्ष उडेका सुनिता र बुच २८६ दिनपछि पृथ्वीमा फर्किए

काठमाडौं । नौं महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् । उनीहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गरेका हुन् । विना योजना नौं महिना अन्तरिक्षमा बिताएका अन्तरिक्षयात्री सुनिता र बुचले फ्लोरिडाको तटबाट खसेको स्पेसएक्सबाट निस्कँदा मुस्कुराउँदै हात हल्लाएका थिए ।
क्यामरा जडित डल्फिनको एउटा समूहले उनीहरुको रकेट समुद्रमा डुब्दै गर्दा निरीक्षण गरेको छ । उनीहरु आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा स्पेस स्टेशन गएका थिए । बीबीसीका अनुसार अन्तरिक्ष यानबाट बाहिर निस्किंदा उनीहरूको अनुहारमा मुस्कान थियो । पृथ्वीमा पुग्न उनीहरूलाई १७ घण्टा लाग्यो । सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए ।
त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्किनु पर्ने थियो, तर यानमा खराबी आएपछि उनीहरूको यात्रा ९ महिनासम्म रोकिएको थियो । चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क्याप्सुल फ्लोरिडाको तट नजिक समुद्रमा अवतरण गर्दैको दृश्य । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने क्रममा क्याप्सुलको गति १७,००० माइल प्रतिघण्टा थियो, जसलाई केही मिनेटभित्रै नियन्त्रण गरेर सुस्त पारियो । जब उनीहरू अन्तरिक्ष यानबाट बाहिर निस्किए, उनीहरूको अनुहारमा मुस्कान थियो । सुनिता विलियम्स र बुच विलमोरले ५ जुन २०२४ मा परीक्षण यान स्टारलाइनरमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को यात्रा गरेका थिए । एजेन्सी