प्रधानमन्त्रीले आज प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिने


२०८१ चैत ७ बिहीबार १८:५४ बजे

काठमाडौं । प्रतिनिधि सभा वैठकमा आज (बिहीबार) प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ । बिहान ११ बजेदेखि सुरू हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रश्नोत्तरका लागि लागि सांसदहरूबाट अगाडि नै प्रश्न लिइएको हुन्छ । सो प्रश्नमा प्रधानमन्त्रीले रोस्टमबाट जबाफ दिनेछन् । प्रश्नोत्तर अरू कार्यसूची पनि तय गरिएका छन् । बैठकमा अर्थमन्त्री विष्णु  पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सो विधेयकमाथि दर्ता भएको संशोधनहरूलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यसपछि अर्थमन्त्री पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७