पत्रकार संगीता बानियाँको निधन

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगीता बानियाँको निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।
पत्रकार बानियाँको पार्थिव शरीर केहिबेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिँदैछ । उनको शव आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिने उनका जेठाजु श्याम सिलवालले जानकारी दिए। बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केही समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो ।
पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिए पनि स्तन क्यान्सर पूर्णरुपमा निको भएको थियो । तर, फेरि ब्रेनमा क्यान्सर देखिएको थियो । बानियाँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।