कुलमानको बर्खास्तीविरुद्ध माओवादीका जनसंगठनहरु पनि सडकमा उत्रिदैं


२०८१ चैत १२ मंगलबार १३:१९ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका भ्रातृ संगठनहरु पनि सडकमा उत्रिने भएका छन् ।

कुलमान हटाउने निर्णविरुद्ध आजै दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरुको संयुक्त विरोध प्रदर्शन गर्न लागिएको वाइसिएल इञ्चार्ज तथा युवा नेता रामप्रसाद सापकोटा दिपशिखाले नेपाल जानकारी दिएका छन् ।

दिउँसो नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शन र कोणसभामा सहभागी हुन उनले कार्यकर्तालाई आह्वान गरेका छन् । कुलमान हटाएर बिचौलियाको सेवा गरेको भन्दै सरकारविरुद्ध चरणबद्ध संघर्ष गरिने र जनताको समर्थन खोजिने उनले बताए । यसअघि आजै विहान नेकपा एसनिकट युवा विद्यार्थीले पनि सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७