तीनकुनेमा राजावादीको प्रदर्शनमा धकेलाधकेल


२०८१ चैत १५ शुक्रबार ०२:३० बजे

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल भएको  छ । तीनकुने भेला भएका राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि धकेलाधकेल भएको हो ।

प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा समर्थकहरुलाई रोक लगाएको छ । कोटेश्वरबाट आएको र्‍याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको थियो । भिडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा पनि हानेको छ । तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।

प्रहरीले  दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनलाई तीनकुनेमा मात्रै सीमित राख्न खोजेको छ । राजावादी पक्षको प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरिरहेका छन् । सो प्रदर्शनलाई राप्रपालगायत राजावादी दलहरूको समर्थन छ । प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्‍याली निकालेको छ ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७