१०० रुपैयाँ फिर्ता नदिँदा ओमप्रकाशको हत्या, आरोपी पक्राउ


२०८१ चैत १२ मंगलबार १३:११ बजे

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिकस्थल नजिक हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई पक्राउ गरेको हो।

१०० रुपैयाँको विवादमा ओमप्रकाशको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । १०० रुपैयाँ ओमप्रकाशले खोसेर लगेको र त्यही विवादमा ढुंगाले हानेर हत्या गरेको बुढामगरले बयान दिएका छन् । आरोपीलाई आजै प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ ।

आइतबार बिहानै ५ः५५ बजेतिर निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा उनी मृत भेटिएका थिए । प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । उनीहरु दुबै जना कवाडी संकलक हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७