कबाड व्यवसायीलाई दुःख दिएर समस्या हल हुँदैन, बालेनसँग कुरा गर्छु : प्रचण्ड


२०८१ चैत १२ मंगलबार १३:२४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपने बताएका छन् । कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन् ।

‘कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरी छ,’ अध्यक्ष प्रचण्डले भने, ‘संकलन गर्ने मजदूर तथा व्यवसायीलाई दुःख दिएर समस्या हल हुँदैन ।’ भेटका क्रममा अध्यक्ष प्रचण्डले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगरका मेयर बालेन शाहसँग छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्ने समेत बताएका छन् ।

कबाड संकलक तथा व्यवसायका क्रममा  काठमाडौं महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कबाड व्यवसायी संघर्ष समितिले अध्यक्ष प्रचण्डलाई पहल गरिदिन आग्रह गरेका हुन् । महानगरभित्र कबाडको गोदाम राख्न कडाइ गरी डोजर चलाएपछि उनीहरू आन्दोलित भएका हु्न् । आफ्नो व्यवसायीमाथि धरपकड नरोकिएसम्म आन्दोलन गर्ने उनीहरूले बताउँदै आएका छन् । विगत लामो  समयदेखि महानगरपालिका र कबाड व्यवसायीबीच विवाद चलिरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७