ग्रामीण सडक : मार्ग खुलको १४ वर्षपछि बल्ल स्तरोन्नति


२०८१ चैत १३ बुधबार १३:४२ बजे

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ।विसं २०६७ मा स्थानीयवासीले चन्दा संकलन गरेर खोलेको यो सडक मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ ।

बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक रु दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । बाटो स्तरोन्नति गर्न ती वर्ष लागेको हो । 

सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर पाँच सय ३८ मिटर  ढलान गरिएको छ । भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ ।  यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख लागतमा स्तरोन्नति भएको थियो 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७