कुलमानलाई हटाएको विरोधमा विपक्षी दलले संसदमा प्रतिरोध गर्ने

काठमाडौं । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने भएको छ ।
आज बसेको विपक्षी दलहरूको बैठकले कुलमानलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको निष्कर्ष निकाल्दै विरोध गर्ने निर्णय भएको रास्वपा नेता सन्तोष परियारले जानकारी दिए । उनले भने, ‘सरकारका पछिल्ला गतिविधि र निर्णयहरूको बारेमा छलफल भएको छ । सरकारले संख्याको दम्भ देखाउँदै कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ । विधि विधान बाहिर अनुशासन बाहिर गएर शक्ति प्रयोग गरेर सरकारले गरेको यो यस्ता अरू गतिविधिहरुविरुद्ध सदनमा आवाज उठाउने निर्णय भएको छ ।’
उनले सडकमा पनि विरोध जारी रहने बताए । सरकारले मन्त्रीहरूको हितमा नभई जनताको हितमा काम गर्नुपर्नेमा त्यस्तो हुन नसकेको उनको भनाई छ ।