फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । केहि दिनयता लगातार ओरालो लागिरहेको सुनचाँदीको भाउ फेरि बढेको छ । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँ पुगेको सुन आज दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोला पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।