अब अमेरिकामा मतदानका लागि नागरिकता अनिवार्य 


२०८१ चैत १३ बुधबार १३:३८ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन सम्बन्धी एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशले मतदानका लागि वैध अमेरिकी नागरिकताको प्रमाण देखाउनु पर्ने, चुनावको दिनसम्म सबै मतपत्रको समीक्षा गर्नुपर्ने भनेको छ । 

आदेश अनुसार मतदाता दर्ता फारममा सरकारले जारी गरेको नागरिकता प्रमाण अनिवार्य चाहिन्छ ।महान्यायाधिवक्तालाई राज्यका निर्वाचन अधिकारीसँग जानकारी साझाका लागि सम्झौता गर्न, धाँधली वा कानून उल्लंघनका घटना पत्ता लगाउन भनिएको  छ । 

यस्ता नियम मान्ने राज्यलाई मात्र संघीय निर्वाचन कोष दिने शर्त पनि राखिएको छ । विज्ञहरूले यो कदमले लाखौं मतदातालाई मताधिकारबाट वञ्चित गर्ने भन्दै आलोचना गरेका छन् । ट्रम्पले निर्वाचन सहायता आयोगलाई संघीय मतदाता दर्ता फारममा सरकारले जारी गरेको नागरिकता प्रमाण अनिवार्य गर्न निर्देशन दिएका छन् । एजेन्सी ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७