विपक्षी दलको विरोधपछि प्रतिनिधि सभा बैठक आधा घण्टा स्थगित

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन् ।विपक्षीले सुरु हुने वितिक्कै उठेर विरोध जनाए पछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि वैठक स्थगित गरेका छन् ।
आज (बुधबार) को बैठक सुरू हुने बित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसद उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका छन् उनले घिसिङलाई हटाउने निर्णय भएकोमा विरोध गरेका छन् ।