आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी


२०८१ चैत १६ शनिबार ००:५९ बजे

काठमाडौं । अहिले समाजवादी मोर्चाको बैठक बसिरहेको छ । मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान साढे ८ बजेपछि सुरु भएको हो ।

बैठकमा समाजवादी मोर्चाका संयोजक तथा नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव सी’, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, नेसपाबाट अध्यक्ष महीन्द्र राय यादवलगायत नेता सहभागी छन् । 

समाजवादी मोर्चाका नेताहरुले राजावादीहरूले आगजनी गरेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादीवादी, विप्लवको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन् ।

राजावादीले काठमाडौँको तीनकुने क्षेत्रमा २ जनाको ज्यान जाने गरी गरेको हिंसात्मक आन्दोलनको भोलिपल्ट शनिबार बिहानै समाजवादी मोर्चाको बैठक बसेको हो । यसअघि आजै बिहान ११ बजेका लागि तय गरिएको समाजवादी मोर्चाको बैठक सारेर आकस्मिक रूपमा राखिएको नेताहरूले बताएका छन् । शुक्रबार समाजवादी मोर्चाले पनि भृकुटीमण्डपमा गणतन्त्रका पक्षमा प्रदर्शन र सभा गरेको थियो ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७