तीनकुने काण्डमा दुर्गा प्रसाईको ‘आरटीएफ कमाण्डर’ राजभण्डारी पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेमा हिजो (शुक्रबार) भएको घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ । ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी नेपाली सेनाका पूर्व क्याप्टेन हुन् । उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।
उनले आजै मात्र पत्रकार मृत्युको कारण राज्यपक्ष भएको आरोप लगाउँदै फेसबुक स्टाटस राखेका थिए । घटनापछि दुर्गा फरार प्रसाईंलाई प्रहरीले खोजिरहेको छ । प्रसाईंको नेतृत्वमा शुक्रबार काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पत्रकारसहित दुई जनाको ज्यान गएको छ भने करोडौंको धनमाल क्षति भएको छ ।