देउवाको प्रश्न : अहिल्यै यस्तो छ, राजा भए ज्ञानेन्द्रले के गर्लान् ?
2025-03-27-17-37-07.jpg)
काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले चाहेर गणतन्त्र नहट्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश एकढिक्का भएको भन्दै कसैले चाहँदैमा गणतन्त्र नहट्ने दावी गरे ।
उनले भने, ‘त्यस कारण गणतन्त्रलाई कसैले चाहेर हटाउने पनि छैन । देश एक छ । अहिले देशको परिस्थिति यस्तो भएर मैले यहाँ भन्नुपरेको हो ।’ सभापति देउवाले पूर्वराजा शाह कहिल्यै संवैधानिक राजा बन्न नसक्ने दावी गरे ।
उनले भने, ‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । स्पष्ट भन्नु पर्ने हुन्छ यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान्? यिनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् ।’