तीनकुनेको हिंसात्मक घटनामा ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्छ : सिटौला


२०८१ चैत १६ शनिबार ०४:०४ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजक आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्र शाहले जवाफ दिनुपर्ने बताएका छन् । आज (शनिबार) बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले शुक्रबारको घटनाका विषयमा ज्ञानेन्द्रले जवाफ दिनुपर्ने बताएका हुन् ।

‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजतन्त्र पक्षधरहरूले जे हिंसात्मक र दुःखद् घटना घटाए, त्यसप्रति मेरो खेद छ, घटनाको म भत्र्सना गर्दछु, घटना ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन ? यदि हो भने उनले जिम्मेवारी लिनुपर्छ,’ उनले भने । नेता सिटौलाले ज्ञानेन्द्रलाई सरकारले दिएको सम्मान र सुरक्षाको उनले ख्याल गर्नुपर्ने बताए ।

‘पूर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्कदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन्, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको संचालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन्,’ उनले भने ।

उनले पूर्व राजा ज्ञानेन्द्रलाई राजा हुँदा जस्तै व्यवहार नदेखाउन आग्रह समेत गरेका छन् । ‘राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?,’ सिटौलाको प्रश्न थियो । उनले राजाहरूको पटक–पटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै अब राजतन्त्र पुनस्थापना सम्भव नभएको समेत दाबी गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७