बालेनले पूर्वराजालाई तोके झण्डै आठ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पुर्याएको क्षति विवरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो ।
महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको हो । शनिबार महानगरपालिकाको टोलीले तीनकुने–कोटेश्वर–जडिबुटी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरेको थियो ।
संकलित विवरणका आधारमा नोक्सानीको खर्च र सरसफाइ शुल्क समेत शाहबाटै असुल गरिने निर्णय भएको छ।आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।