शिक्षामन्त्रीको वरियता : विद्यालाई अठारौं, रघुजीलाई आठौं


२०८२ बैशाख ११ बुधबार २३:१२ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन्।  वैशाख १८ गते मन्त्री पदबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । 

मन्त्री बनेका पन्तको वरियता आठौं नम्बरमा छ । पन्त पूर्व श्रममन्त्री पनि हुन् । यसअघिकी शिक्षामन्त्री भट्टराईको वरियता भने १८ औं नम्बरमा थियो । अहिले भने उक्त वरियता घटाएर आठौंमा ल्याइएको छ । नव नियुक्त शिक्षामन्त्री पन्तलाई परराष्ट्रमन्त्री आरजु राणाभन्दा पछाडिको वरियतामा राखिएको छ ।

आज पुनर्गठन भएको मन्त्रिपरिषद् सदस्यको संख्या २४ पुगेको छ । आजै ओलीले  ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका थिए । उनलाई बर्खास्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद् २४ सदस्यीय बनेको हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७