६० प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह

काठमाडौँ । ६० जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् ।
प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसात गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।