शिक्षकहरुले पूर्व प्रधानमन्त्रीद्वय नेपाल र खनाललाई भने–यहाँ आउन पर्दैन

काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल नाराबाजी भएपछि फर्किएका छन्।
२७ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुलाई समर्थन गर्न बिजुलीबजार पुगेर उनीहरु आफ्नो धारणा नराखी फर्किएका हुन् । शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै उनीहरुविरुद्ध नाराबाजी गरेपछि दुवै जना फर्किन बाध्य भएका हुन् । सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए।
उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरे। आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसदमा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरे। लगत्तै, उनीहरू प्रदर्शनस्थलबाट बाहिरिएका थिए। बाहिरने क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ।’