उपचारका लागि छुटेका धवल राजावादीको विरोधसभामा


२०८२ बैशाख १६ सोमबार १७:५२ बजे

काठमाडौं । स्वास्थोपचारका लागि हाजिरी जमानीमा प्रहरी हिरासतबाट छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा राजावादी आन्दोलनमा सक्रिय भएका छन् । उनी राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ गरेका उनी वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए । स्वास्थ्य उपचारका लागि भारत जाने भन्दै छुटेका राणा पुनः राजावादी आन्दोलनमा सहभागी भएका हुन् । उनी सोमबार काठमाडौंको भृकुटीमण्डमा राप्रपा नेपालले गरेको विरोधसभामा सहभागी भएका छन् । उनीसँगै राप्रपा उपाध्यक्ष विक्रम पाण्डे पनि विरोधसभामा सहभागी छन् । 

क्यान्सरको उपचार गर्न भारत जानुपर्ने भएको हुनाले उनलाई रिहा गर्नुपरेको प्रहरीले जनाएको थियो । प्रहरीका अनुसार उनको आज  (१५ वैशाखमा)  फलोअपको अपोइन्टमेन्ट थियो । राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने प्रहरी हिरासतमै छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७