सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न राष्ट्रपति समक्ष सिफारिस


२०८२ बैशाख १६ सोमबार ०१:०७ बजे

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ।मन्त्रिपरिषदको आज (सोमबार) साँझ बसेको बैठकले यो निर्णय गरेको हो । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । बजेटअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार नेपालको संविधानको धारा ९५ अनुसार संघीय संसद्का दुवै सदनमा सम्बोधनका लागि राष्ट्रपतिलाई आह्वान गर्ने निर्णय भएको छ ।

प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७