विपक्षी दल गृहमन्त्रीलाई शर्तसहित सदनमा बोल्न दिन सहमत


११:२३ बजे

काठमाडौं । लगातार संसद अवरूद्व गर्दै आएका विपक्षी दलले अन्ततः गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिन तयार भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि राजीनामा माग गर्दै विपक्षीले संसद अवरोध गरिरहेका छन् । सभामुख देवराज घिमिरेको पहलमा सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूको बैठकमा सत्तापक्षले गृहमन्त्रीलाई बोल्न दिन आग्रह गरेको थियो ।

बैठकमा विपक्षीहरुले २०६४ यता गृहमन्त्री र श्रममन्त्री बनेका सबैमाथि छानबिन गर्न सत्तापक्ष तयार भए सदनमा गृहमन्त्रीलाई बोल्ने दिने बताएका हुन् । अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले निरन्तर सदन अवरोध गर्दै आएका थिए । सँगै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको शर्त थियो । यसअघि गृहमन्त्रीलाई बोल्न नदिएका विपक्षीहरू आफ्नो अडानमा ब्याक सर्दै आजको बैठकमा बोल्न दिन तयार भएका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७