बेगनास तालमा एक व्यक्ति बेपत्ता, खोज्दै सशस्त्रको गोताखोर टोली


१३:४७ बजे
फाइल फोटो

पोखरा । पौडी खेल्ने क्रममा कास्कीको बेगनास तालमा बेपत्ता भएका एक व्यक्तिको गोताखोरले खोजी गरिरहेको छ। आइतबार साँझ पोखरा महानगरपालिका– ३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका– ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए।

श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो । गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता श्रेष्ठको खोजी गरिरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७