संसद खुलाउन के हुँदैछ पहल ?


१५:४३ बजे
फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको आज (सोमबार) को बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।  बैठकअघि प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले रास्वपा, एकीकृत समाजवादीलगायत संविधान र गणतन्त्र पक्षधर दलहरूलाई बैठकमा बोलाएका छन्। राप्रपालाई प्रतिपक्षी दलहरूको बैठकमा बोलाइएको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीहरूले केही दिनदेखि प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन् । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको पनि माग गरिरहेका छन्। 

दलहरूले आइतबार पनि पटक–पटक छलफल गरी सदनको गतिरोध अन्त्यका लागि भूमिका खेलेका थिए। तर अपराह्न ५ बजे बसेको बैठक प्रतिपक्षी दलहरूको अवरोधका बीच चल्न सकेन र आज दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । दलहरूबीच अहिलेसम्म समझदारी नबनेकाले आजको प्रतिनिधि सभा बैठक सञ्चालन हुने वा नहुने यकिन भइसकेको छैन। भिजिट भिसा प्रकरणमा दलहरू सहमतिको प्रयासमा छन्। सहमतिको भाषा के गर्ने भन्नेमा कुरा मिलेको छैन।

संसद वैठक अघि सहमतिको प्रयास हुने माओवादीका प्रमुख सचेतक हितराज पाण्डे बताउँछन्। दलहरू बहुपक्षीय र दुई पक्षीय छलफलमा छन्। नेताहरूका अनुसार सहमतिको मस्यौदामा सहमति खोजिँदैछ । सत्तापक्षले सहमतिको मस्यौदा बनाउने जिम्मेवारी लिएको छ । त्यसअनुसार सत्तापक्षले ल्याएको मस्यौदाको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउने उल्लेख छ ।

दोस्रो बुँदामा अख्तियारले अनुसन्धान सकाएपछि ‘समग्रतामा हेर्न आवश्यक संयन्त्र व्यवस्था गर्ने’ भनिएको छ। सत्तापक्षले ल्याएको यस्तो भाषामा विपक्षीले असहमति जनाएका छन्। माओवादी र रास्वपाले ‘संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति’ भन्ने शब्द राख्नुपर्ने प्रस्ताव राखेका छन्। दुई पक्षले राखेको भाषालाई मिलाएर साझा मस्यौदा बनाउने पर्यास हुने नेताहरू बताउँछन्। विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७