बेगनास तालमा बेपत्ता श्रेष्ठको शव ३५ फिट गहिराइमा भेटियो


१६:४६ बजे

पोखरा ।  पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता ४३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। पौडी खेल्ने क्रममा आइतबार साँझ पोखरा महानगरपालिका– ३१ माझीकुनास्थित बेगनास तालमा एक पुरुष बेपत्ता भएका थिए। 

पौडी खेल्दा बेपत्ता भएका गोरखाको शहिद लखन गाउँपालिका– ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठको शव तालको गहिराइमा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

बेपत्ता श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो। उनीहरुले सोमबार बिहान १० बजेतिर श्रेष्ठको शव तालको ३५ फिट गहिराइबाट बाहिर निकालेका हुन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७