अध्यागमन विभागको महानिर्देशकमा तिवारी


२०८२ असार ३१ मंगलबार २०:०५ बजे

काठमाडौं । अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाएका छन् । गृहमन्त्री रमेश लेखकले मन्त्रालयकै सुरक्षा महाशाखा प्रमुख तिवारीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । 

यसअघि अध्यागमनको महानिर्देशक रहेका गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालय सरुवा गरिएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुख पनि फेरिएका छन् । नरहरि घिमिरेलाई विमानस्थल कार्यालयमा खटाउँदै केही महिनाअघि मात्रै त्यहाँ पुगेका विष्णुप्रसाद कोइरालालाई गृह मन्त्रालयमा ल्याइएको छ ।  

विमानस्थल कार्यालय प्रमुख बनेका घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए । आयोगको प्रवक्ताको जिम्मेवारी समेत घिमिरेले सम्हालेका थिए । विभानस्थल अध्यागमन कार्यालयका कर्मचारी व्यापक हेरफेर गरेको थियो ।

अध्यागमनका कर्मचारीको सेटिङमा भिजिट भिसामा नेपालीलाई पठाउने गरेको पाइएपछि विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई यसअघि नै अख्तियारको अनुसन्धानमा छन् ।  त्यसपछि विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीको सेट नै परिवर्तन गरिएको थियो । घिमिरे सरुवा भएसँगै हालै बढुवा भएकी कल्पना श्रेष्ठ खोटाङको प्रमुख जिल्ला अधिकारी बनेकी छन् ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७