टिकटकर आयुश चलचित्र खेल्दै


२०८२ श्रावण १३ मंगलबार ०८:२६ बजे

काठमाडौं । चर्चित टिकटकर आयुशसिंह ठकुरीले चलचित्रमा अभिनय गर्ने भएका छन् । माइकल चन्दको निर्देशन रहने चलचित्र ‘राम नाम सत्य’ मा आयुषले अभिनय गर्ने भएका हुन् । 

उनको यो डेब्यु चलचित्र हो । माइकल चन्दको निर्देशन रहने चलचित्रमा अनुबन्ध भएपछि उनले भने, ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले राम नाम सत्यको कथा सुनेपछि यही फिल्मबाट डेब्यु गर्ने निर्णय लिएको हुँ ।’ 

साउनको २९ गते बाट छायांकनमा जाने तयारीमा रहेको यो चलचित्र एक्सन, सस्पेन्स र प्रेमकथामा आधारित रहनेछ । चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनील थापा, दिनेश डीसी, रवि गिरीलगायत  कलाकार यसअघि नै फाइनल भइसकेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७