कुलमानले भेटे बेलायती सांसद, उठाए गोर्खा सैनिकका मुुद्दा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र ब्रिटिस सांसद तथा नेपालका लागि सर्वदलीय सांसद समूह (एपीपीजी) का नेता एलेक्स बेकरबीच भेटवार्ता भएको छ ।
मंगलबार बेलायतमा नेता बेकर र घिसिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–बेलायत सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, हरित हाइड्रोजन प्रवद्र्धन, जलवायु परिवर्तनले नेपालमा पारेको असर, बेलायती गोर्खा सैनिकको पेन्सन, नेपालको वर्तमान राजनीतिक अवस्था, उज्यालो नेपाल अभियान लगायतका विषयमा छलफल गरिएको छ । बेकरले नेपालको विभिन्न विषयमा चासो राख्दै सहयोगको प्रतिबद्धता जनाएकी छन् ।
भेटमा नेपाल–बेलायतबीचको द्विपक्षीय जीटूजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवा निवृत्त) जुद्बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान, ओमेन तामाङ र एलएन पाण्डे लगायतको उपस्थिति थियो ।
.gif)

.png)

