डेम्बेले र बोनमातीले जिते बालोन डि’ओर अवार्ड
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली स्टार खेलाडी उस्मान डेम्बेलेले प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन्।
२८ वर्षीय डेम्बेलेले गत सिजन पीएसजीलाई च्याम्पियन्स लिग, लिग वान र फ्रेन्च कप जिताउन महत्वपूर्ण योगदान दिएका थिए। उनले ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए।
लिग वानमा २१ गोलसहित संयुक्त शीर्ष स्कोरर बनेका उनी च्याम्पियन्स लिग तथा फ्रेन्च लिग दुवैमा ‘प्लेयर अफ द इयर’ बनेका थिए। क्लब वर्ल्ड कपमा पनि उनले टोलीलाई फाइनलसम्म पुर्याए। जहाँ पीएसजी चेल्सीसँग पराजित भएको थियो।
सन् २०२४/२५ मा उनले फ्रान्सबाट खेलेको ७ खेलमा २ गोल गरेका छन्। उनी यो अवार्ड जित्ने छैटौं फ्रेन्च खेलाडी हुन्।
स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमातीले महिला बालोन डि’ओर तीन पटक जित्ने पहिलो खेलाडी बनेर इतिहास रचेकी बनाएकी छिन्।
२७ वर्षीया बोनमातीले यो पटक अवार्ड जित्दा उनकी स्पेनिस खेलाडी तथा आर्सनलकी विङर मारियोना काल्डेन्टे दोस्रो स्थानमा रहिन्। बोनमातीले यसअघि पनि २०२३ र २०२४ मा पनि यो अवार्ड जितेकी थिइन्।
पिएसजी प्रशिक्षक लुइस एनरिके ‘कोच अफ द इयर’ बने।
बार्सिलोनाका १८ वर्षीय लामिन यामलले ‘कोपा ट्रफी’ जिते।
आर्सनलका भिक्टर ग्योकेरेस ५४ गोलसहित ‘गर्ड मुलर ट्रफी’ प्राप्त गरे।
इटालियन गोलकिपर डोनारुम्माले दोस्रो पटक ‘यासिन ट्रफी’ जिते।
.gif)

.png)

