नेकपा माओवादीको सचिवालय बैठक सुरु


२०८२ असोज २० सोमबार १४:१३ बजे
फाइल फोटो

काठमाडौँ : काठमाडौं : नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ। 

समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरू भएको हो । 

माओवादी केन्द्रले केन्द्रीय कमिटी विघटन गरेपछि पहिलो बैठक सचिवालय बैठक राखेको हो । असोज ९ र १० गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो।

बैठकमा हालैको विपद्पछिको अवस्थाको बारेमा छलफल हुनेछ । यसका साथै महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७