आईजीपीमाथिपछि खगेन्द्र सुनारलाई गृहमन्त्रीको जवाफ : उजुरीकै आधारमा चरित्रहत्या गर्न पाइँदैन


२०८३ श्रावण २९ शुक्रबार १५:११ बजे
फाइल तस्बिर

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले कुनै उजुरी परेकै आधारमा कसैलाई दोषी करार गर्न नमिल्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिलाई लक्षित गर्दै गृहमन्त्री गुरुङले आरोप लाग्दैमा आफूखुसी न्यायाधीश बनेर कसैलाई दोषी घोषणा गर्न नमिल्ने बताएका हुन्।

सांसद सुनारले हालै सार्वजनिक लेखा समितिको बैठकमा प्रहरीको पोसाक खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै प्रहरी महानिरीक्षक (आईजीपी)माथि छानबिन गर्न माग गरेका थिए। आज बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले सांसद सुनारको उक्त अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।

‘कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप कसैले जे लगाउन पनि सक्यो भन्दैमा कसैको चरित्रहत्या गर्न पाइँदैन। त्यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ,’ उनले भने। गृहमन्त्री गुरुङले कुनै व्यक्तिमाथि लागेको आरोप पुष्टि नभएसम्म उनलाई दोषी करार गर्न नमिल्ने स्पष्ट पारे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७