तीन महिनामा युएईमा ७९ नेपालीको मृत्यु


२०८२ कार्तिक ९ आइतबार १५:५६ बजे

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा युनाइटेड अरब इमिरेट्स (युएई) मा ७९ जना नेपालीले ज्यान गुमाएका छन् ।

यूएईस्थित नेपाली दूतावासका अनुसार गत साउनमा ३२, भदौमा १९ र असोज महिनामा २८ जना नेपालीको मृत्यु भएको हो ।

गत आर्थिक वर्ष २०८१/८२ मा युएईमा ३१२ नेपालीको मृत्यु भएको थियो । जुन मासिक औसत २६ जनाको दरले ज्यान गुमाएका हुन् । अघिल्लो वर्ष २०८०/८१ मा २३१ नेपालीले युएईमा ज्यान गुमाएका थिए।

दूतावासका अनुसार सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात र मुटुसम्बन्धी रोग प्रमुख कारण हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७