जनार्दन शर्मा प्रगतिशील अभियानमा, आफ्नै बहिनी माओवादी बैठकमा


२०८२ कार्तिक १८ मंगलबार १५:२२ बजे

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का तत्कालीन उपमहासचिव जनार्दन शर्माले मंगलबार ‘प्रगतिशील अभियान’ नामक नयाँ राजनीतिक यात्रा सुरु गर्न पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सहित आठ दलसँग एकता गर्ने निर्णय गरेपछि उनले फरक राजनीतिक बाटो रोजेका हुन्। ललितपुरको बखुण्डोलस्थित एक क्याफेमा पत्रकार सम्मेलन गरी शर्माले आफ्नो नयाँ राजनीतिक मोर्चाको कार्यक्रम अगाडि सारेका हुन् ।

तर, सो कार्यक्रममा उनका परिवारका सदस्यहरू देखिएनन् । विशेष गरी उनकी बहिनी नारायणी शर्मा भने सोही समयमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा उपस्थित भएकी छन् ।

प्रज्ञा भवन, कमलादीमा जारी माओवादी बैठकमा सहभागी नारायणीले दाजु जनार्दनको नयाँ अभियानमा साथ नदिने संकेत गरेकी छन्। नेताहरूका अनुसार उनले माओवादी केन्द्रसहित आठ दलको एकतालाई समर्थन गर्ने निर्णय लिएकी छन् ।

नारायणी शर्मा २०५२ सालमा रुकुमको चौकीमा भएको जनयुद्धको पहिलो आक्रमणमा सहभागी भएकी पूर्वलडाकू हुन्। उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सांसद बनेकी थिइन् ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७