मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय पदमार्गको मान्यता (तस्बिरसहित)


२०८२ कार्तिक २७ बिहीबार १४:२२ बजे

काठमाडौँ : पूर्वी नेपालस्थित प्रसिद्ध मुन्दुम ट्रेलले अब अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ । यस पदमार्गलाई ‘इन्टरनेशनल माउन्टेन हाइकिङ डेमोन्स्ट्रेशन रुट’ का रूपमा सूचीकृत गरिएको हो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणी थपलियाका अनुसार उक्त मान्यता चीनको गुइझो प्रान्तको गुइयाङ सहरमा सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन तथा बाह्य खेलकुद सम्मेलन–२०२५ मा औपचारिक रूपमा प्रदान गरिएको हो । 

‘संस्कृति, पर्यटन र खेलकुदको एकीकरणबाट गुणस्तरीय जीवन’ भन्ने नाराका साथ मंगलबारदेखि सुरु भएको उक्त सम्मेलन इन्टरनेशनल माउन्टेन टुरिजम अलायन्सको आयोजनामा भइरहेको छ । नाट्टाको पहलमा प्रवर्द्धन गरिएको मुन्दुम ट्रेललाई प्राप्त यो मान्यताले नेपालले पर्वतीय पर्यटनमा बोकेको मौलिकता, सांस्कृतिक विविधता र दिगो पर्यटनप्रतिको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको बताइएको छ।

सम्मेलनमा नेपालका तर्फबाट सहभागी नाट्टा अध्यक्ष थपलियाले नेपालका विविध प्राकृतिक भू–दृश्य, सांस्कृतिक सम्पदा र पर्यटनका सम्भावनाहरू विश्वभरका पर्यटन समुदायबिच प्रस्तुत गरेका थिए ।

'मुन्दुम ट्रेललाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त हुनु नेपालका लागि गर्वको विषय हो । यसले नेपालले प्रवर्द्धन गर्न खोजेको मौलिक, स्थानीय समुदायमा आधारित र दिगो पर्वतीय पर्यटनको अवधारणालाई विश्वसामु परिचित गराएको छ।’ अध्यक्ष थपलियाले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७