एनपिएल : कर्णाली याक्सविरुद्ध चितवन राइनोज विजयी


२०८२ मङ्सिर २ मंगलबार १५:२८ बजे

काठमाडौँ : नेपाल प्रिमियर लिगको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

चितवनका लागि रवि बोपाराले अर्धशतक पारी खेले । उनले ३६ बलमा ३ चौका र ३ छक्कासहित ५२ रन जोडे ।

सेफ जैबले ३८ रन जोडे । ओपनर दीपक बोहराले ४२ रन बनाउँदा अर्का ओपनर डेभिड मलान ६ रनमै आउट भए । देव खनाल २ रनमा रनआउट हुँदा कप्तान कुशल मल्लले २० रन जोडे ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले दुई तथा युनिश सिंह र युवराज खत्रीले एक/एक विकेट लिए ।

यसअघि कर्णालीले ओपनर प्रियांक पञ्चालको उत्कृष्ट प्रदर्शनमा १६७ रनको मध्यम लक्ष्य दिएको थियो । चितवनका लागि सोहेल तनवीर, सेफ जैव र रवि बोपाराले एक-एक विकेट लिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७