अस्कर अवार्डले भन्यो : अञ्जिला नै नेपालबाट आएको आधिकारिक फिल्म


२०८२ मङ्सिर ६ शनिबार १९:४७ बजे

काठमाडौँ : अस्कर अवार्डले ‘अञ्जिला’ फिल्मलाई नेपालबाट यस वर्षको आधिकारिक सिफारिस फिल्मको रूपमा घोषणा गरेको छ।

फिल्मको सिफारिसलाई लिएर केही फिल्ममेकर समूहबाट विरोध भइरहँदा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले औपचारिक रूपमा आगामी ९८औँ अस्करका लागि योग्य अन्तर्राष्ट्रिय फिचर फिल्मको सूची सार्वजनिक गरेको छ।

दीपक रौनियारसहितका केही फिल्म मेकरले अस्कर मुख्यालयमा पत्र लेखेर आवेदन प्रक्रिया पुनः सुरु गर्न र कमिटीका केही सदस्यबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।

विवादपछि शुक्रबार आगामी अस्करको अन्तर्राष्ट्रिय फिचर विधाका लागि योग्य ८६ फिल्मको सूची सार्वजनिक भएको हो । यससँगै नेपालको अस्कर सहभागितालाई लिएर भइरहेको संशय मेटिएको छ र ‘अञ्जिला’ ले नेपाललाई अस्करमा प्रतिनिधित्व गर्ने निश्चित भएको छ।

१६ डिसेम्बरमा यस विधामा सर्टलिस्ट घोषणा हुनेछ भने २२ जनवरीमा मनोनयन सार्वजनिक हुनेछ। ९८औँ अस्कर अवार्ड १५ मार्चमा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुनेछ ।

चलचित्र अञ्जिला मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्म राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७