तोकिएको समयमै निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन


२०८२ मङ्सिर १४ आइतबार १६:१० बजे

काठमाडौँ : जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालका निर्माणाधीन भवन तोकिएको समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।

अस्पताल निरीक्षणका क्रममा उनले निर्माणाधीन दुई भवन निर्धारित म्यादमै तयार पारेर हस्तान्तरण गर्न निर्माण व्यवसायीसँग आग्रह गरे। बिरामीको चाप बढिरहेकाले निर्माण ढिलाइबारे आएका गुनासो सम्बोधन गर्दै उनले अस्पताल प्रशासन र निर्माण पक्षलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार कोशी अस्पतालका लागि निर्माण भइरहेको ११ तले भवन (लागत रु. २ अर्ब ४५ करोड) को ३५ प्रतिशत मात्र काम सकिएको छ। त्यस्तै, चार तले भवन (लागत रु. ३८ करोड) को ६० प्रतिशत काम मात्र पूरा भएको छ।

करिब चार वर्षअघि निर्माण सुरु गरेका केसी एवं रमण कन्स्ट्रक्सनले भवन यसै वर्ष हस्तान्तरण गर्नुपर्ने सम्झौता रहेको जनाएको छ।

सो अवसरमा कोशी अस्पतालका प्रमुख डा. रुणा झा र सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका डिभिजनल इन्जिनियर सुरेन्द्र साहले अस्पतालको अवस्था र भवन निर्माणको प्रगति बारे मन्त्री घिसिङलाई जानकारी गराएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७