यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलंकासँग


२०८२ मङ्सिर १७ बुधबार २०:२२ बजे

काठमाडौँ : एसीसी पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो ।

प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन् ।

प्रतियोगिताका खेलहरू आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् । नेपालको पहिलो खेल श्रीलंकासँग डिसेम्बर १३ तारिखमा राखिएको छ । दोस्रो डिसेम्बर १५ मा बंगलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ ।

नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७