भृकुटीमण्डपबाट रुँदै फर्किए प्रदीप ज्ञवाली
काठमाडौँ : नेकपा एमालेको उपाध्यक्ष पद अस्वीकार गर्दै गुण्डुबाट घर फर्किएका एमालेका नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्ष सूचीमा राखिएको थियो, तर उनले महासचिव बाहेक अन्य पदमा नबस्ने अडान लिएका थिए ।
स्रोतका अनुसार आइतबार साँझ गुण्डुमा भएको छलफलमा पनि ज्ञवालीले यही अडान लिएका थिए । यद्यपि प्यानल बनाउँदा उनलाई उपाध्यक्षको लिस्टमा समावेश गरियो, तर उनले स्वीकार गरेनन् ।
सोमबार बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिएका ज्ञवाली पछि पुनः केन्द्रीय सदस्य पदका लागि मनोनयन गर्न पुगेका थिए।
उनीनिकट स्रोतले बताए अनुसार, ज्ञवालीले आफू निकटस्थहरूसँग एउटै व्यक्तिलाई दोहोर्याइराख्ने प्रवृत्ति उचित नभएको टिप्पणी गरेका थिए ।
ज्ञवालीले भनेका छन्, 'म एमालेको पदाधिकारी थिएँ, अब कार्यकर्ता रहन्छ । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुनुपर्छ । एउटै व्यक्तिलाई दोहोर्याइराख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ।'
.gif)

.png)


