गुल्मी–१ मा सागर ढकाल विजयी, प्रदीप ज्ञवाली पराजित
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार, ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीप ज्ञवालीले १५ हजार १८१ मत ल्याए। नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरे।
ढकालले ज्ञवालीलाई १४ हजार ४६१ मतको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
यस परिणामसँगै गुल्मी–१ मा रास्वपाले उल्लेखनीय सफलता हात पारेको छ। प्रमुख दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा भए पनि ढकालले सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः फराकिलो मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।
.gif)

.png)

