चलचित्र ‘गोबर गणेश’ को ग्रस कलेक्सन एक करोड १० लाख


२०८२ माघ १० शनिबार १७:०८ बजे

काठमाडौँ : हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘गोबर गणेश’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

माघ १ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले शुक्रबार सम्ममा एक करोड १० लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको हो । 

दोस्रो सातामा पनि चलचित्रले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ । दर्शको वर्डअफ माउथ राम्रो बनेसँगै यो चलचित्रका कलाकारहरू विभिन्न सिनेमा हलहरूमा पुगेर प्रतिक्रिया लिइरहेका छन् ।

चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले यसलाई ‘आफ्नै घरको कथा’ भन्दै प्रशंसा गरेका छन् । निम्न मध्यम वर्गीय नेपाली परिवारको दैनिक संघर्ष, सपना र बाध्यतालाई पर्दामा दुरुस्तै उतारिएको भन्दै दर्शक भावुक समेत हुने गरेका छन् ।

बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा तयार भएको यस चलचित्रमा मरिचमान श्रेष्ठसँगै वर्षा सिवाकोटी, बुद्धि तामाङ, पदम तामाङ, विनोद न्यौपाने, निर्मल शर्मा, माओत्से गुरुङ र सीतादेवी तिमल्सिना, पुजन घिमिरे, सन्तोष बानियाँ लगायतले अभिनय गरेका छन् । 

निर्देशक श्रेष्ठ भन्छन्, 'हामीले एउटा इमानदार कथा भन्ने प्रयास गरेका थियौँ । दर्शकको यो मायाले अबका दिनमा हलमा उपस्थिति अझै बढ्नेमा हामी ढुक्क छौँ ।' 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७