एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी
काठमाडौं : नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा दाबी प्रस्तुत गरेका छन्।
च्यासलमा जारी संसदीय दलको बैठकमा उनले वर्तमान जनभावना र आवश्यकतालाई ध्यानमा राख्दै नेतृत्वका लागि इच्छा व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।
बैठकमा पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै जिम्मेवारी निभाउन आफू तयार भएको नेम्वाङले बताएका तीन नेताले बताए । साथै देशमा उत्पन्न वर्तमान परिस्थिति नजरअन्दाज गर्न नहुने बताएका छन् ।
‘आफू नै अहिलेको आवश्यकता, युवाको ऊर्जा सँगसँगै अग्रजको अनुभव र आशीर्वाद हो भन्नुभएको छ छलफल हुँदैछ’, सुहाङको भनाइ उद्धृत गर्दै ती नेताले भने।
नेम्वाङले पार्टीभित्र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्नुपर्ने विषयमा पनि नेतृत्वलाई स्मरण गराएका छन्।
.gif)

.png)

