राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी


२०८३ बैशाख १७ बिहीबार २०:३९ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दोस्रो अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार साँझ ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्। यसअघि उनले दिउँसो ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका थिए।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

सरकारले दुई पटक गरी ६ वटा अध्यादेश पठाएकोमा राष्ट्रपतिबाट हालसम्म दुई वटा जारी भएका छन् भने चार वटा बाँकी छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७