सरकारविरुद्ध सडकमा निस्कँदै नेकपा संयुक्त


२०८३ बैशाख १९ शनिबार १५:५० बजे

काठमाडौं : घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ। संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएको विरोधमा नेकपा संयुक्त सडकमा उत्रिन लागेको हो।

नेकपा संयुक्तका केन्द्रीय प्रचार विभाग दामोदर अर्यालले भने, ‘नवनिर्वाचित बालेन सरकारद्वारा संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएकोमा हाम्रो पार्टी असहमति प्रकट गर्दछ ।’

सरकारलाई खबरदारी गर्न वैशाख २३ गते १ बजे माइतीघरमा जम्मा हुन लागेको उनले बताए। माइतीघरमा उपस्थिति हुन पार्टीका कार्यकर्ता र आम जनसमुदायहरूलाई अपिल समेत गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७