बङ्गलादेश-नेपालका फोटो पत्रकार ढाकामा सम्मानित


२०८३ बैशाख २० आइतबार १८:०९ बजे

ढाका । बङ्गलादेशको राजधानी ढाकामा आयोजित प्रतिष्ठित इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ मा नेपाल र बङ्गलादेशका गरी ३७ जना फोटो पत्रकारहरूलाई सम्मान गरिएको छ।

फोटो पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजित यो कार्यक्रम फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ सेलिब्रेसन काउन्सिल को आयोजनामा ढाकास्थित इम्पेरियल होटल इन्टरनेशनलमा सम्पन्न भएको हो।

नेपालतर्फबाट राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय टोली सहभागी भएको थियो। सम्मानित नेपाली टोलीमा अध्यक्ष वन्तसहित वरिष्ठ उपाध्यक्ष लेखबहादुर ‘सागर’ श्रेष्ठ, महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, केन्द्रीय सदस्य मुकुन्द कालिकोटे, अनुप प्रधान, हरिस सिंह नगाल, सिन्धुली शाखा अध्यक्ष उद्धव श्रेष्ठ, पोखरा शाखा सचिव प्रेमबहादुर थापा तथा साधारण सदस्य रामशरण ‘अजय’ महर्जन रहेका थिए।

कार्यक्रममा बङ्गलादेशका २७ जना फोटो पत्रकारलाई इम्पेरियल फोटो जर्नालिस्ट अवार्ड २०२६ प्रदान गरिएको थियो भने नेपालका १० जना फोटो पत्रकारलाई विशेष सम्मान प्रदान गरिएको हो।
रेयटर्सका अनुभवी फोटो पत्रकार रफिकुल रहमानलाई फोटो पत्रकारितामा ५७ वर्ष लामो योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा बङ्गलादेशकी सामाजिक कल्याण राज्यमन्त्री फरजाना शर्मिन प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिहरूमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, ‘दि न्यू नेसन’ का प्रबन्ध सम्पादक तथा ‘क्रिरलोक’ का खेल सम्पादक अरशाद होसैन, बङ्गलादेश फेडरल युनियन अफ जर्नालिस्ट्सका महासचिव कादेर गोनी चौधरी र बङ्गलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनका अध्यक्ष एकेएम मोहसिनको उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा सांस्कृतिक प्रस्तुति र रात्रिभोजसमेत आयोजना गरिएको थियो। यसले नेपाल र बङ्गलादेशबीचको फोटो पत्रकारिता, पेशागत सहकार्य तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७