बालेनपछि अब सुनिताको पालो, कान्स फिल्म फेस्टिभलमा जाँदै

वडाध्यक्ष भरतलाल श्रेष्ठलाई तोकिन् कार्यवाहक


२०८३ जेठ ३ आइतबार २०:१४ बजे

काठमाडौँ :  विश्वकै प्रतिष्ठित 'कान्स फिल्म फेस्टिभल' मा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल सहभागी हुने भएकी छिन् । नेपाली कला, संस्कृति र सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यवाहक प्रमुख डंगोल आज बेलुका फ्रान्स प्रस्थान गर्न लागेकी हुन् ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि काठमाडौँ महानगरपालिकाका मेयरको रुपमा कान्स फिल्म फेस्टिभलमा सहभागी भई नेपाली सिनेमा र काठमाडौँको सांस्कृतिक पहिचानलाई विश्व बजारमा चिनाउने प्रयास गरेका थिए ।

प्रधानमन्त्री बालेनकै पदचापलाई पछ्याउँदै यसपटक उपमेयर डंगोलले कान्सको रेड कार्पेट र विभिन्न विधामा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । युनेस्कोले काठमाडौं सहरलाई फिल्म सिटीको रुपमा घोषणा गरिसकेको छ। कान्स फिल्म फेस्टिभल २१ मेसम्म फ्रान्समा आयोजना हुनेछ ।

उपमेयर डंगोल फ्रान्स प्रस्थान गरेसँगै काठमाडौँ महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ । ज्येष्ठताका आधारमा एमालेबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठलाई कार्यवाहक सुम्पिएको डंगोलले जानकारी दिइन् । नेपालको स्थानीय सरकार सञ्चालन ऐनअनुसार मेयर र उपमेयर दुवै नगरमा नरहेको अवस्थामा वडाध्यक्षलाई कार्यवाहक तोक्ने कानुनी प्रावधान रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७